२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेदुराम भुसालको पत्र पार्टी र आन्दोलनमाथि गद्धारी: खिमलाल भट्टराई



अ+ अ-

 काठमाडौ । नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सांसद  बेदुराम भुसालले आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन संसद सचिवालयमा निवेदन दिनु भएपछि राष्ट्रियशभामा एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले भुसालको कदम पार्टी र आन्दोलनमाथि गद्धारी भएको टिप्पणी गर्नुभएको छ । 

सामाजिक संञ्जालमा भट्टराईले लेख्नुभएको छ –राष्ट्रिय सभा सदस्य वेदुराम भूसालले आफु स्वतन्त्र सांसद रहेको र अबदेखि मलाई यसै हिसाबको व्यवहार गर्नु गराउनु, दलको सांसदको हैसियतमा काटिदै आएको लेवी नकाट्नु भनेर संसद् सचिवालयमा पत्र पठाएका छन् ।

यो पत्रसॅगै उनले नेकपा एमाले परित्याग गरेको जनाएका छन्  । पार्टी परित्यागपछि उनी स्वतन्त्र हुन सक्छन्  तर सांसद भई रहन संभव हुॅदैन । किनभने  दुई पार्टीको एकतापछि नामको विषयलाई लिएर अदालतले गरेको फैसलाले एकताले निरन्तरता नपाएको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र  दुई पार्टी हुने भनेको छ । त्यसबीचमा निर्वाचित राष्ट्रिय सभाका सदस्यलाई दुई मध्ये एक रोज्न सक्ने प्रावधान हुनसक्छ, त्योभन्दा पृथक स्वतन्त्र सांसद  हुन सक्दैन । 

सूर्य चिन्ह र पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा उम्मेदवार भएर पार्टीका जनप्रतिनिधिहरुको मतबाट  बनेको सांसदले स्वतन्त्र भन्ने हैसियत कसरी राख्न सक्दछ ? यस अवस्थामा उनको सांसद पद नै चैट हुन्छ ।

कामरेड माधवकुमार नेपालले अहिलेसम्म आफुलाई नेकपा एमालेको वरिष्ठ नेता भन्दै आउनु भएको छ  । अब वहाँ के भन्नु हुन्छ ? उहाँ के स्वतन्त्र सांसदको नेता हुनुहुन्छ त  ?

भुसालले आईतबार संसद सचिवालयमा पत्र दर्ता गराउनु भएको हो । पत्रमा उहाँले आफू नेकपाबाट  निर्वाचत  भएको तर नेकपा बिभाजन भै  नेकपा एमाले र माओवादी केन्द्र अगल अलग दल संसदमा रहेका कारण आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन भन्दै निबेदन दिनु भएको थियो ।