१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

अनियन्त्रित बसाइँसराइले अधिकार सुनिश्चित गर्न कठिनाइ: उपाध्यक्ष भुसाल

अनियन्त्रित बसाइँसराइले अधिकार सुनिश्चित गर्न कठिनाइ: उपाध्यक्ष भुसाल
अ अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले अव्यवस्थित एवं अनियन्त्रित बसाइँसराइका कारण जनताका आधारभूत अधिकार सुनिश्चित गर्न चुनौती थपिएको बताउनुभएको छ । बसाइँसराइकै कारण नीतिनिर्माण गर्न र सेवा प्रवाह गर्न राज्यलाई समस्या मात्र नभई नयाँ चुनौती थपिँदै गएको उहाँको भनाइ छ ।

विश्व पानी दिवसका सन्दर्भमा खानेपानी मन्त्रालयको सहकार्यमा स्मार्ट वास र वाटर एडले आज आयोजना गरेको छलफलमा पूर्वमन्त्री भुसालले भन्नुभयो, “अव्यस्थित बसाइँसराइका कारण खानेपानीजस्ता आधारभूत अधिकार उपलब्ध गराउनका लागि समस्या पैदा हुँदै गएको छ । स्वच्छ पिउने पानी पुर्‍याउन सकिएको छैन ।”

उहाँले आमजनताको मनोविज्ञानलाई बुझेर मात्र नीति निर्माण गर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै भन्नुभयो, “मौलिक हक व्यवस्था गरेर र नीति बनाएर मात्र पुग्दैन, जनताले अधिकार पाएका छन् कि छैनन् भन्ने विषय मुख्य हो, त्यसका लागि उनीहरूको मनोविज्ञान बुझ्नुपर्ने हुन्छ ।”

विश्वका ठूला शक्ति राष्ट्रका कारण साना मुलुकले जलवायु परिवर्तनका विकराल समस्या भोग्नुपरेको उल्लेख गर्दै उपाध्यक्ष भुसालले नेपालका राजनीतिक दल, सङ्घसंस्थाले पनि यस्ता मुद्दालाई आफ्नो मुख्य बनाउनुपर्नेमा जोड दिनुभयो । पानीको स्रोत संरक्षण गरेर जनतालाई स्वच्छ पानी उपलब्ध गराउनका लागि व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी संस्था एकीकृत भएर काम गर्नुपर्ने उपाध्यक्ष भुसालको भनाइ छ ।

कार्यक्रममा जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव डा जगदीश्वर कर्माचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनीयर रामाकान्त दवाडी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसाललगायतले पानीको सही तवरले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले स्वच्छ खानेपानीको समस्या समाधान गर्नका लागि नीतिगत तवरले दीर्घकालीनरुपमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको पानी दिवसको रूपरेखालाई आत्मसात् गर्दै संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर विश्व पानी दिवस मनाउन थालिएको हो । नेपालमा पनि यही दिवसको अवसर पारेर पानीसम्बन्धी विविध कार्यक्रम गरिँदैछ । रासस