२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुंगामा मुख्यमन्त्रीको सवारी तोडफोड प्रयास



अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमाथि तोडफोड प्रयास भएको छ ।

ओखलढुंगाको सिद्धचरण नगरपालिका ११ मिलन चोकमा मुख्यमन्त्री कार्की सवार सवारीमाथि तोडफोड प्रयास भएको हो ।

मुख्यमन्त्री कार्की सोही नगरपालिकाको वडा नम्बर २ मा आयोजित कार्यक्रमम सहभागि हुन जाने क्रममा पहिचान पक्षधरले सवारी रोकेर प्रदर्शन गरेको बताइएको छ ।

मुख्यमन्त्रीको सवारीमा कुनै किसिमको क्षति नपुगेको र आन्दोलनकारीले मुख्यमन्त्रीको सवारी रोकेर प्रदर्शन गर्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेर आन्दोलनकारीलाई हटाएको प्रहरीले जनाएको छ ।

भूगोलको आधारमा प्रदेशको नाम कोशी प्रदेश राखेपछि पहिचान पक्षधरहरूको आन्दोलन जारी । सोही आन्दोलनका क्रममा सोमबार मुख्यमन्त्रीको सवारी तोडफोडको प्रयास भएको हो ।