२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्थिक परिसूचक सकारात्मक दिशातिर जाँदैछ – प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेको छोटो समयमा नै आर्थिक परिसूचकहरू सकारात्मक दिशातिर गइरहेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत प्रस्ताव पेस गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

पुस ११ पछि सरकारको जिम्मेवारी लिएयता आफूले गरेको सुधारका प्रयासबारे जानकारी दिँदै उहाँले सरकारले चालेका सकारात्मक कदमका कारण अर्थतन्त्रका क्षेत्रमा देखिएका चुनौतीको सामना गर्दै आगामी दिनमा मूल्य वृद्धि हुन नदिने प्रतिबद्धता व्यक्त समेत व्यक्त गर्नुभयो ।

यस्तै, आफ्नो कार्यकालमा अनावश्यक खर्च कटौती भएको भन्दै सार्वजनिक सेवामा गुणस्तर देखिने गरी सुधारका काम सुरु भएको उहाँको भनाई छ ।