२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने लागेको थिएन – प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मतका लागि यति छिट्टै संसदसँग अनुरोध गर्ने अवस्था आउला भन्ने नसोचेको बताउनु भएको छ ।

तेस्रोपटक प्रधानमन्त्री भएको तेस्रो महिनामा नै दोस्रोपटक प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव राख्नुहुँदै उहाँले यस्तो बताउनु भएको हो ।

सत्ता साझेदार दलहरुबीच कुनै नीतिगत भिन्नता नभएको र व्यक्तिगत सम्बन्ध पनि सुमधुर भएकै अवस्थामा दोस्रोपटक विश्वासको मत लिनुपर्ने अवस्था आएको प्रधानमन्त्रीको भनाई छ ।

यस्तै, राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको प्रस्तावपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएकाले पुनः विश्वासको मत लिनुपरेको जनाउँदै समर्थन फिर्ता लिने निर्णयको प्रतिरक्षा सम्बन्धित दलले नै गर्ने बताउनुभयो ।