काठमाडौँ । मुस्ताङको तेज निरला जनहित बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एकीकृत समाजवादी निकट अनेरास्ववियुकी अमीशा तिलिजा विजयी भएकी छिन् ।
आइतबार सम्पन्न निर्वाचनमा ४२ जना मतदाता रहेकामा ३७ जनाले मतदान गरेका थिए । अध्यक्ष पदमा अनेरास्वियुका अध्यक्ष पदका उम्मेदवार एलिस थकाली र एकीकृत समाजवादी निकट अनेरास्ववियुकी तिलिजाले समान १८र१८ मत प्राप्त गरेका थिए ।
यस्तै, एक बदर भएको थियो । दुवै उम्मेदवारको मत बराबरी भएपछि स्ववियु निर्वाचन कमिटीले गोलाप्रथाबाट तिलिजा विजयी भएको घोषणा गरेको हो ।