२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाललाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छः अध्यक्ष नेपाल



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ को विषयमा पार्टीहरुका बिचमा सहमति भइसकेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले सो विधेयकको सम्बन्धमा विभिन्न पार्टीहरुका बीचमा सहमति भइसकेको बताउनुभएको हो । उहाँले सत्तारुढ दलहरुका बीचमा यस विधेयकको सम्बन्धमा सहमती भइसकेको बताउनु भयो । उहाँले प्रतिपक्ष दलहरुको पनि विधेयकको सम्बन्धमा विमति नरहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘त्यस्तो मलाई लाग्दैन असन्तुष्टि होला भनेर । किनभने सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकको बारेमा धेरै लामो समयदेखि चर्चा चल्दै आएको छ । विभिन्न पार्टीहरुको बीचमा सहमति पनि भइसकेको छ । अहिले सत्ताधारी पार्टी जो हुनुहुन्छ, उहाँहरुको पनि । मलाई लाग्छ, प्रतिपक्षी पार्टीहरुको पनि त्यसमा विमति रहेको अवस्था छैन ।’

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्न पनि मिल्ने भन्दै सबैले विश्वासको मत दिँदा राम्रो हुने बताउनु भयो ।