४ पुष २०८२, शुक्रबार
,
Latest
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दैं रास्वपा सभापति रवि लामिछाने आज रिहा हुँदै चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा सांसद बर्तौलाको प्रश्नः ‘यो सरकार कसको हो ?’



अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का सचेतक एवं प्रतिनिधिसभा सदस्य महेश बर्तौलाले यो कसको सरकार हो भन्दै प्रश्न उठाएका छन् ।

आइतबारको संसद्को शून्य समयमा बोल्दै बर्तौलाले किसानलाई दिँदै आएको अनुदान काट्ने, मूल्यवृृद्धि चरम अवस्थामा पुग्दा पनि अझ मूल्य वृद्धि गर्ने सरकारले कसको प्रतिनिधित्व गर्छ भन्दै प्रश्न उठाएका हुन् ।

उनले प्रश्न गरे “यो कसको सरकार हो ? कसका लागि काम गरिरहेको छ ? नेपालका किसानहरूलाई एक बोरा मल समेत समयमा उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्ने गरी मलमा मूल्यवृद्धि गरेको छ । मलमा दिँदै आएको अनुदान कटौती गरेको छ । कहिलेसम्म नेपाली जनताले यो प्रकारको अन्याय सहनुपर्ने हो ।”

सांसद बर्तौलाले अगाडि भने ‘भूमिहिन सुकुम्बासीले जग्गाधनी प्रमाणपत्र पाउने मितिसमेत थाहा छैन । उनीहरूले कहिलेसम्म जग्गाधनी प्रमाणपत्र पाउँछन् भनी म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’