१२ श्रावण २०८३, मंगलवार
,
Latest
प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल एकीकरणजस्तै आर्थिक विकासको अभियान पनि गोरखाबाटै सुरू गरौँ- वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

गोरखा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गोरखाको विकासको लागि बुढिगण्डकी जलविद्युत आयोजना छिटो अघि बढाउनु पर्ने बताउनुभएको छ ।

गोरखा उद्योग वाणिज्य संघको ४७औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले गोरखा जिल्लाको विकासका लागि गोरखकाली रबर उद्योग पुनः संचालन र बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल शुरु गर्नुपर्ने बताउनुभएको छ।

‘सरकारबाट सहज पहल भएमा गोरखकाली रबर उद्योग संचालन गर्न पहल गर्नेछु । यसलाई तुरुन्त अगाडि बढाउन मेरो प्रतिबद्धता छ,ू उहाँले भन्नुभयो, ूयसका साथै बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम तत्काल शुरु गर्न आग्रह गर्न चाहन्छु।’

उहाँले मनकामना आउने पर्यटकलाई गोरखासम्म ल्याउन पहल गर्नुपर्ने र यहाँका सुन्तलाको बजारीकरण गर्न आवश्यक रहेको बताउनुभयो । कोरोनाभाइरस महामारीपछि आन्तरिक पर्यटनले अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग गरेको बताउँदै उहाँले गोरखामा पर्यटन क्षेत्रको ठूलो सम्भावना रहेको र आफूले यहाँको पुर्वाधार विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल एकीकरण गोरखाबाट शुरू भएर सफल भयो अब आर्थिक रूपमा पनि गोरखालाई महत्त्वपूर्ण जिल्लाको रूपमा बिकास गर्नुपर्छ, उहाँले भन्नुभयो। अहिले उद्योगी व्यवसायीले बैक ब्याज बढ्दा जुन समस्या भोग्नुभएको छ त्यो भन्दा ठुलो समस्या आफूले भोगेको बताउँदै व्यवसायीहरू संयमित भएर व्यवसाय गर्न आग्रह गर्नुभएको छ । ‘महासंघको नेतृत्वमा बैकको संचालक तथा अध्यक्ष छन, तसर्थ उनीहरू ब्याज बढाउन लागेका छन् भन्ने आरोप लागेको छ । तर यो गलत हो । कुनै एउटा व्यक्तिले बैकमा सानो लगानी गरेको हुन्छ । तर त्यसको तुलनामा ऋणको भार ठुलो हुन्छ । महासंघले कर्जाको ब्याज घटाउन लागेको छ । कहिल्लै पनि महासंघ नेतृत्व ब्याज बढाउने कुरामा सहमत भएन,ू उहाँले भन्नुभयो।
उहाँले कुनै एउटा बैक तथा बैंकको सञ्चालकले मात्रले कर्जाको ब्याज बढाउन वा घटाउन नसक्ने बताउनुभयो।

उहाँले अहिले ब्याजकै विषयलाई लिएर बैकका कर्मचारीमाथि कुटपिट गर्ने जस्ता गलत क्रियाकलापहरु सुरु भएको बताउँदै यसको समाधान यसरी नहुने र वार्तामा बसेर समस्याको समाधान गर्नुपर्ने बताउनुभएको छ ।

अहिले महासंघका प्रत्यासी साथीहरुलाई सस्तो लोकप्रियताका लागि गैरजिम्मेवार र हुनै नसक्ने कुरा नगर्न आग्रह गर्नुभएको छ । उहाँले स्थानीय बजारको प्रबन्धन गर्न महासंघ तयार रहेको समेत बताउनुभयो ।