९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामखुट्टेले टोक्दा शरिरको बाह्य छाला छेड्छ, किन चिलाउछ ? थाहा पाउनुहोस



अ+ अ-

काठमाडौं । पछिल्लो समयमा लामखुट्टेको टोकाइका कारण देखिएका नयाँ नयाँ रोगका कारण लामखुट्टेको चर्चा बढी थालेको छ। लामखुट्टेले विभिन्न रोग फैलाउने त छँदैछ यसबाहेक यस्को टोकाईपछि हुने चिलाई झनै दिक्कलाग्दो पक्ष हो।

लामखुट्टेले टोक्दा शरिरको बाह्य छाला छेड्छ र परालको त्यान्द्रो जस्तो उसको मुख वा सुडले रगत चुस्छ। यस पक्रियामा लामखुट्टेले आफ्नो थुक जस्तो पर्दाथ (स्लाभिया) टोकेको ठाँउमा फालिदिन्छ।

लामखुट्टेको थुक वा र्यालमा एकप्रकारको औषधी हुन्छ जसले टोकेको वरपरको रगत जम्नबाट रोक्छ र झिंगालाई नियन्त्रणमा लिन्छ ।

‘तपाईको प्रतिरोधी प्रणालीले लामखुट्टेको थुकको प्रोटिनलाई नयाँ चीजको रुपमा पहिचान गर्छ र हिस्टामाइन नामक तत्व निस्काशन गर्छ,’ युनिर्भसिटी अफ् फलोरिडाका प्राध्यापक भेरो बिच भन्छन् ।

यही हिस्टामाइनको प्रतिकृयाले शरिरमा चिलाउने उनी बताउछन्। हिस्टामाइनले टोकेको ठाउको रगत नलीलाई ठूलो र टोकेको ठाँउमा सुनिएको देखाउछ ।

सबै मानिसले लामखुट्टेको टोकाईप्रति प्रतिकृया जनाउदैनन्। कतिपय वयस्यकले यसको खासै प्रतिकृया जनाउदैनन्। आफूलाई टोकिएकोबारेमा समेत उनीहरुले थाहा पाउदैनन् ।

‘कतिपय बयस्क आफ्नो घरवरपरको लामखुट्टेप्रति बानी परेका हुन्छन्। तसर्थ लामखुट्टेले टोक्दा बालबालिकाले जस्तै प्रतिकृया जनाउदैनन्,’ उनी भन्छन् ।

जिका फैलाउने एइडेस लामखुट्टेले दिउसभर अन्य खानेकुरा खाने र बिहान सबेरै तथा साँझमा टोक्ने उनी बताउछन्। तर उनीहरको टोकाइबाट कुनै प्रतिकृया हुदैन् ।

जीका प्रभावित मुलुकहरुमा लामखुट्टेको टोकाइबाट बच्न गर्भवती महिलालाई लामो बाहुला भएका लुगा र पाइन्ट लगाउन प्रभावित देशका स्वास्थ्य अधिकारीहरुले आग्रह गरेका छन्।

‘एइडेस लामखुट्टेको टोकाईको चाल मानिसहरुले त्यति थाहा पाउदैनन् । किनकी यसले पछाडिबाट आएर मानिसको जोर्नी र आँखीभौमा टोक्ने गर्छ,’ अमेरिकाको रोक नियन्त्रण तथा रोकथाम केन्द्रका प्रवत्ता बेन्जामिन हेन्स बताउछन् ।

यो लामखुट्टे दिउसभर सक्रीय भए पनि प्रभावित क्षेत्रमा यसले राती पनि आक्रमण गर्छ। यसले विशेषगरी घरभित्र बस्ने मानिसलाई टोक्न रुचाउने उनी भन्छन् ।

बृद्ध हुदै गएपछि केही मानिस लामखुट्टेको टोकाईप्रति बढी सम्बेदनशिल हुने गरेको उनी बताउछन्। लामखाुट्टेको टोकाईले केही बृद्धबृद्धामा खतरनाक एलर्जी उत्पन्न हुने गरेका छन् ।

पोथी लामखुट्टेले मात्र टोक्ने गर्छ। उसले अन्डा पार्नका लागि टोको ठाँउमा निस्कने रगतबाट पोषक तत्व लिन्छ। (एजेन्सीको सहयोगमा)