२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाद्वारा पार्टीमा देखिएका समस्या समाधान गर्न समिति गठन



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टी कमिटीहरूमा देखिएका समस्या समाधान गर्न समिति गठन गरेको छ ।

केही जिल्ला र कमिटीमा आन्तरिक विवाद रहेको, विभिन्न जिल्ला तथा स्थानीय समितिहरू निष्क्रिय रहेकोलगायत विभिन्न समस्या भएका कारण साङ्गठनिक गतिविधि अघि बढाउन कठिनाइ भएको गुनासो बढ्न थालेपछि समाधानका लागि समिति गठन गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

समितिले जिल्ला र स्थानीय कमिटीको समस्याको पहिचान र समाधानका लागि अध्ययन र छानबिन गरी १५ दिनभित्र सुझाव पेश गर्न नेता नीरञ्जन थापाको संयोजकत्वमा निष्क्रिय एवं आन्तरिक समस्या समाधान तथा समन्वय समिति गठन गरिएको हो ।

समितिको सदस्य सचिवमा पार्टीका केन्द्रीय सदस्य राजु बस्नेत र सदस्यहरूमा महामन्त्री प्रह्लाद शाह, सह महामन्त्रीत्रय प्रकाश रिमाल, रवीन्द्र प्रताप शाह, झनक प्याकुरेल र केन्द्रीय सदस्य पवित्रा सुब्बा श्रेष्ठ छन्।

समितिले पदीय जिम्मेवारीमा रहेर जिम्मेवारी अनुसारको भूमिका निर्वाह नगर्ने, गत स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा पार्टीका उमेदवारलाई असहयोग गर्ने, सामाजिक सञ्जाल र आमसञ्चार माध्यममा पार्टी र नेतृत्व लक्षित गलत अभिव्यक्ति दिने, भ्रम सिर्जना गर्ने, निर्वाचनमा होमिएका उम्मेदवारको मनोबल कमजोर हुने गरी क्रियाकलाप गर्ने, निर्वाचनको समयमा पनि निष्क्रिय रहेका विभिन्न तहगत समितिलाई कारबाहीको दायरामा ल्याउने गरी छानबिन गर्ने गर्नेछ ।




भर्खरै