१२ श्रावण २०८३, मंगलवार
,
Latest
काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना संसदीय सुनुवाइ समितिको बैठक बस्दै यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग ड्रः म्यान्चेस्टर सिटी र बायर्न भिड्ने, अन्य कसको प्रतिद्वन्द्वी को ?



अ+ अ-

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल तथा सेमिफाइनल ड्र सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको ड्र अनुसार प्रिमियर लिग च्याम्पियन म्यान्चेस्टर सिटी र ६ पटकको च्याम्पियन्स लिग विजेता बायर्न म्युनिखबीच भिडन्त हुने भएको छ ।

यस्तै, इन्टर मिलानले बेन्फिका र सिरी ए च्याम्पियन एसी मिलानले लिग लिडर नापोलीसँग खेल्नेछ ।

यदि चेल्सी र म्यानचेस्टर सिटीले जित निकालेमा प्रिमियर लिग टोली सेमिफाइनलमा भिड्नेछन् । यस्तै, अर्को सेमिफाइनलमा एसी मिलान वा नापोलीले इन्टर मिलान वा बेन्फिकाको सामना गर्नेछन् ।

यस्तो छ ड्रः
रियल मड्रिड भर्सेस चेल्सी
इन्टर मिलान भर्सेस बेन्फिका
म्यान्चेस्टर सिटी भर्सेस बायर्न म्युनिख
एसी मिलान भर्सेस नापोली