१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

राप्रपा नेपाल सम्बद्ध महिला संगठनले दियो आन्दोलनको चेतावनी

राप्रपा नेपाल सम्बद्ध महिला संगठनले दियो आन्दोलनको चेतावनी
अ अ+ अ-

काठमाडौं । राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालको केन्द्रीय कार्य समितिको बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष सुनिता कुरुम्वाङको अध्यक्षतामा सम्पन्न सो बैठकले किसानलाई प्रत्यक्ष असर पर्नेगरी रासायनिक मलमा दिइदै आएको अनुदान कटौति गर्ने सरकारको निर्णयको विरोध गर्दै तत्काल पहिलेकै अवस्थामा अनुदान उपलब्ध गराई समयमै कृषकहरुलाई पर्याप्त मलबिउ वितरण गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

पछिल्लो अवस्थामा देशको अर्थतन्त्र नियमित रुपमा ओरालो लागेको, बैक तथा सहकारी संस्थाहरुमा नगद अभावको कारण देखाई बचतकर्ताहरुको रकम फिर्ता दिन नसक्ने अवस्था सिर्जना हुँदा समेत सरकार मुकदर्शक भएर बस्नु दुर्भाग्य भएको भन्दै देशको अर्थतन्त्र बलियो बनाउन यथाशिघ्र उचित कदम चाल्न सरकारको ध्यानाकर्षण गराउँदै बढ्दै गएको चरम महँगी, भ्रष्टाचार नियन्त्रण गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्ने बैठकले निर्णय गरेको छ ।

संगठनलाई सुदृढिकरण गर्दै वडा तहसम्म संगठन विस्तार गर्न राप्रमसं नेपालका केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी दिदै सो बैठकले बढ्दो महँगी, भ्रष्टाचार, जवर्जस्ती धर्म परिवर्तन गराउने लहर लगायतका विरुद्ध चाँडै सडक संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।

बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले समसामयिक राजनीतिक परिस्थिती, पार्टीको भावी कार्यदिशाका बारेमा प्रशिक्षण समेत दिएका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपालमा प्रवेश गरेका दर्जनौं महिलाहरुलाई अध्यक्ष थापाले पार्टीमा स्वायत गरेका थिए ।