५ पुष २०८२, शनिबार
,
Latest
संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेला महोत्सवले स्थानीय उत्पादनको प्रवद्र्धन गर्दै अर्थतन्त्र चलायमान बनाउँछ: वरिष्ठ उपाध्यक्ष ढकाल



अ+ अ-

बर्दिबास। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय वस्तु तथा सेवाको उत्पादन तथा बजारीकरणमा मेला महोत्सवको महत्वपूर्ण भूमिका रहने बताउँदै मेला महोत्सवले अर्थतन्त्रलाई चलायमान बनाउने समेत बताउनुभयो ।

महोत्तरीको बर्दिबासमा आयोजित चौथो बर्दिबास महोत्सवलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “मेला महोत्सवको मुख्य उद्देश्य नै स्थानीय वस्तु तथा सेवाको उत्पादन, वितरण र बजारीकरण गर्ने हो । यसले स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । स्थानीय उत्पादनहरुलाई उपभोक्ताहरुसम्म पुर्‍याउँछ । मेला महोत्सवको आयोजनाले स्थानीय अर्थतन्त्रलाई चलायमान समेत गराउँछ । ”

अहिलेको असहज परिस्थितिमा मेला महोत्सवको आयोजनाको विशेष महत्व रहेको बताउँदै ढकालले मेला महोत्सवको आयोजनामा महासंघको साथ र सहयोग रहने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो । उहाँले कोरोनाभाइरस महामारीपछि मुलुकको अर्थतन्त्रमा देखिएका समस्याहरु विस्तारै सहज हुँदै गएको समेत बताउनुभयो । “कोरोनाभाइरसपछि मुलुकको अर्थतन्त्रमा केही समस्याहरु देखिएका थिए । बैंकिङ्ग क्षेत्रमा लगानी योग्य तरलताको अभाव रहन गयो । रेमिट्यान्सको आप्रवाहमा कमी आयो भने नेपाल आउने पर्यटकको संख्या कम हुँदा विदेशी मुद्रा संचितिमा पनि कमी हुन गयो ।’

‘तर अहिले रेमिट्यान्स उत्साहजनकरुपमा बढेको छ । पर्यटनमा पनि सुधार देखिएको छ भने बैंकिङ्ग क्षेत्रमा तरलताको पनि क्रमश सहजता देखिन थालेको छ । यसले गर्दा अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखिएका छन् । मलाई विश्वास छ यसमा थप सुधार हुँदै जान्छ,” उहाँले भन्नुभयो । व्यवसायीहरुमा धेरै नै नैराश्यता देखिएको बताउँदै उहाँले व्यवसायीहरुलाई निरास नहुन समेत आग्रह गर्नुभयो ।

“व्यवसायीहरु भनेको जस्तो सुकै असहज परिस्थितिमा पनि सहज र सकारात्मक हुने वर्ग हो । त्यसैले अहिलेको असहज परिस्थितिमा पनि हामीहरु संयमित भएर व्यवसाय गर्नुको विकल्प छैन । संयमित भएरै यसबाट पार पाउने हो,” उहाँले भन्नुभयो । उहाँले महासंघको आगामि चैत्र २८ र २९ गते हुने ५७औँ अधिवेशनबाट आउने नयाँ नेतृत्वले व्यवसायीहरुका समस्याको समाधान गर्न पहल गर्ने बताउनुभयो ।