१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

सुपरस्टारलाई अन्तिम श्रद्धाञ्जली दिन ३० लाख फ्यान भेला, कर्नाटकमा २ दिन मदिरा बिक्री बन्द

सुपरस्टारलाई अन्तिम श्रद्धाञ्जली दिन ३० लाख फ्यान भेला, कर्नाटकमा २ दिन मदिरा बिक्री बन्द
अ अ+ अ-

एजेन्सी । कन्नड सुपरस्टार पुनीत राजकुमार जीवित हुन्थे भने उनले आज आफ्नो ४९ औं जन्मदिन मनाउने थिए । पुनीतको २९ अक्टोबर २०२१ मा हृदयघातका कारण मृत्यु भएको थियो ।

मृत्युको खबर फैलिने बित्तिकै भारत सरकारले पूरै बैंगलोर शहरमा धारा १४४ लगायो र दुई दिनको लागि मदिरा बिक्री बन्द गर्यो । बैंगलोरमा फ्यान जम्मा हुन थाले ।

पुनीतको शव राखिएको ठाउँमा करिब ३० लाख मानिस जम्मा भएका थिए । अन्तिम दर्शनका लागि केही किलोमिटर लामो लाइन लागेको थियो । पुनीतको निधनपछि १० जना फ्यानको मृत्यु भयो, केहीले आत्महत्या गरे र कोही हृदयघातका कारण ज्यान गुमाए ।

पूरै कन्नड सिनेमामा पुनित राजकुमारको क्रेज यस्तो थियो । उनी सुपरस्टार राजकुमारका छोरा थिए । पुनित कन्नडमा सबैभन्दा धेरै पारिश्रमिक पाएका अभिनेता पनि थिए, जसमा १४ फिल्महरू थिएटरहरूमा लगातार १०० दिनसम्म चलिरहेका थिए ।

पुनीतको फ्यान क्रेज उनको अभिनयले मात्रै होइन । उनी वास्तविक जीवनमा पनि उस्तै उदार थिए । उनले समाजसेवाका लागि २६ अनाथालय र विपन्न बालबालिकाका लागि ४६ निःशुल्क विद्यालय सञ्चालन गरेका थिए ।

पुनीतले आँखा दान गरेका थिए । उनको मृत्यु पछि, कर्नाटक भर १ लाख मानिसहरूले आफ्नो आँखा दान गरे किनभने तिनीहरू पुनितको बाटो पछ्याउन चाहन्थे । जसका कारण कर्नाटकमा आँखा दान गर्नेको संख्या अचानक कैयौं गुणा बढेको थियो ।

२९ अक्टोबर २०२१ । पुनीत राजकुमार जिममा कसरत गरिरहेका बेला असहज महसुस गरेका थिए । उनले यो जानकारी आफ्नी श्रीमती अश्विनीलाई दिए । त्यसपछि परिवारका सदस्यले उनलाई नजिकैको अस्पताल विक्रममा भर्ना गरेका थिए ।

पुनीत बिरामी भएको खबर सुनेपछि अस्पताल अगाडि मानिसहरु जम्मा भएका थिए र उनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका थिए । केही समयपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको मृत्युको खबरले कर्नाटकमा सनसनी मच्चायो ।

पुनीत राजकुमारको पार्थिव शरीरलाई बेंगलुरुको कान्तेराव स्टेडियममा २ दिनसम्म सर्वसाधारणको अवलोकनका लागि राखिएको थियो । उनको अन्तिम दर्शनमा ३० लाखभन्दा बढी मानिस सहभागी भएका थिए । यो भारतीय इतिहासमा सबैभन्दा ठूलो अन्त्येष्टि जमघट भएको बताइएको छ ।

आफ्नो सुपरस्टारको निधनको खबर सुनेपछि एक फ्यानले आत्महत्या गरेका थिए । २ जनाको हृदयघातका कारण मृत्यु भएको थियो भने केही दिनपछि आत्महत्या र हृदयघातको संख्या बढेर १० पुगेको थियो ।