६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उपराष्ट्रपतिको निर्वाचन, प्रतिनिधिसभाको उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ । उपराष्ट्रपति चयनका लागि यही चैत ३ गते मतदान हुँदैछ ।

यसैगरी प्रतिनिधिसभा सदस्य रिक्त भएका चितवन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र १ मा उपनिर्वाचन हुने भएको छ ।