६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको माग

रासायनिक मलमा अनुदान कटौती गर्ने निर्णय फिर्ता लिन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको माग
अ+ अ-

काठमाडौं । सरकारले रासायनिक मलमा अनुदान कटौती गरी मलमा गरिएको मूल्यवृद्धिको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन विरोधमा जनाएको छ ।

संगठनका संयोजक सुजित के.सीले एक बिज्ञप्ति जारी गर्दे अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन माग गर्नुभएको छ । बिज्ञप्तिमा भनिएको छ जनताका कठिनाई र समस्याहरु उपर नजर अन्दाज गरिरहने हो भने हामी ती वर्गका विरुद्ध कठोरभन्दा कठोर संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने व्यहोरा अवगत गराउँदछौं ।

बिज्ञप्तिको पूर्णपाठ

नेपाल सरकारले कृषिमा अहोरात्र योगदान पुर्‍याउने किसानहरुको ढाड सेकिने गरी रासायनिक मलमा अनुदान कटौती गरी भारी मूल्यवृद्धी गरेको छ । कृषकलाई ठूलो आर्थिक भार पार्ने गरी गरिएको मूल्यवृद्धिप्रति हाम्रो राष्ट्रवादी संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपाली कृषकहरुको अत्यावश्यक जरुरी रासायनिक मल, बीउ, किटनाशक औषधी, सिँचाई, बजार व्यवस्था जस्ता कुराहरु सँधै केन्द्रीय विषय हुन । किसानको सधैंको चासो र मागमा समाधान खोज्नुको सट्टा उल्टै किसानहरुलाई प्रत्यक्ष मार पार्ने गरी मुल्यवृद्धी गरिनुलाई ‘किसानमारा’ नीतिको रुपमा लिन सकिन्छ । यसबाट सत्तासीनवर्गले किसानलाई हेर्ने दृष्टिकोण उदांगो भएको छ । आफूलाई परवर्तनकारी तथा अग्रगमतका हिमायती भन्ने सत्तासीनहरुले आफ्नो सेवा सुविधालाई बढाउदैँ लाने, ऋण लिएरै वा ब्याज तिरेरै भएता पनि तलब भत्ता वृद्धि गर्दै जाने तर गरिब, विपन्न र निमुखा जनताको हितमा कहिले नसोच्न कार्य अत्यन्त निन्दनीय छ र यो कुकृत्यप्रति हाम्रो संगठन घोर भत्सर्ना गर्दछ । नेपाल सरकारले किसानको ढाडमा हथौडा हान्ने तथा घाँटी रेट्ने राज्यको गलत नीतिको कारण आत्महत्यासम्म गर्न बाध्य भएका कृषकहरुको श्रम तथा जीवनरक्षाको लागि हामी सदैव खडा छौँ ।

कृषि क्षेत्रलाई कमजोर सिद्ध गरी आयातलाई थप प्रवद्र्धन गर्ने निहित स्वार्थ प्रेरित किसानमारा कार्यको हामी घोर विरोध गर्दछौँ र किसानलाई प्रोत्साहन दिई कृषि क्षेत्रलाई नेपालको अर्थतन्त्रको प्रमुख मानक बनाउनु पर्ने समयमा यस क्षेत्रप्रतिको राज्यको असंवेदनशील, गैरन्यायिक तथा हेपाहा व्यवहारको हाम्रो संगठन घोर भत्सर्ना गर्दछ र नेपाल सरकारसँग अनुदान कटौती गर्ने निर्णय तुरुन्त फिर्ता लिन जोडदार माग गर्दछ ।

नेपाल कृषि प्रधान देश हो र यहाँका करिब ७० प्रतिशत जनसंख्या प्रत्यक्षरुपमा कृषि पेशामा लागेका छन् भनिरहँदा हामी हाम्रो देशको खाद्य सुरक्षा, गरिबी निवारण, आर्थिक समृद्धि, निर्यात र व्यापारघाटा न्यूनिकरण तथा आत्मनिर्भर र रोजगारी सिर्जना गर्ने क्षेत्रको रुपमा बुझ्न पनि आग्रह गर्दछ । यदी यहाँका सत्तासीनवर्गले ७० प्रतिशत जनतालाई दावानलमा पुर्‍याउने र यसको कठिनाई र समस्याहरु उपर नजरअन्दाज गरिरहने हो भने हामी ती वर्गका विरुद्ध कठोरभन्दा कठोर संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने व्यहोरा अवगत गराउँदछौं । जय राष्ट्र, जय युवा !!

सुजित के।सी।
संयोजक