१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर News Polar पहुँचयोग्य आँखा स्वास्थ्य सेवाका लागि सहकार्य आवश्यक News Polar नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ News Polar बेनीमा खानेपानीको समस्या News Polar एसियाली खेलकुदः गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा News Polar पुण्यतिथिमा खर्च होइन, बुबाको सम्झनामा सामाजिक सेवा News Polar ‘अव्यवस्थित बसोबासबाट जग्गाधनीसम्मः जुनेली बस्तीको ३६ वर्ष’ News Polar जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ: कुलमान घिसिङ(भिडियोसहित)

सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ: कुलमान घिसिङ(भिडियोसहित)
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवन्ध निर्देशक घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको हो ।

उहाँले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत खपत पनि बढाउने कार्ययोजना रहेकाले सोही अनुरुप विद्युतिय सवारी साधनहरु आइरहेका बताउनु भयो । उहाँले पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनहरुभन्दा विद्युतबाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताउनु भयो । त्यस्तै विद्युतिय सवारी साधनको प्रयोगले प्रदुषण पनि घट्ने भन्दै उहाँले विद्युतिय सवारी साधन प्रयोग गर्नुको फाइदा मात्रै भएको बताउनु भयो । वातावरणिय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतिय सवारी साधन नै उपयुक्त भएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जुन किसिमले हाम्रो नेपालको क्लिन इलेक्ट्रिसिटी प्रमोशन भइरहेको छ, त्यसलाई कन्ज्युम्सन बढाउने । लगानी सँगै हाम्रो खपत बढाउने कार्ययोजना अन्र्तगत विद्युतिय सवारी साधनहरु आइरहेको छ, त्यसको लागि सबैलाई म आह्वान गर्छु विद्युतिय सवारी साधन प्रयोग गरिदिनु हुन । सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ । त्यसले दुईवटा काम गर्छ । एउटा, तपाई आफ्नै जसले प्रयोग गर्नुहुन्छ, त्यो उपभोक्ताले पनि एकदमै थोरै अपरेशन कस्टमा, विद्युतिय स्कुटरमा २५ पैसादेखि ३० पैसामा प्रति किलोमिटर कस्ट लाग्छ । जबकी पेट्रोल, डिजेलमा प्रतिकिलो मिटर १०/१२ रुपैयाँ पर्छ ।

र गाडीहरुमा प्रति किलोमिटर कस्ट चाहीँ एक रुपैयाँभन्दा कम छ विद्युतिय सवारीमा । ६० पैसादेखि ९० पैसाको हाराहारीमा । जबकी पेट्रोल, डिजेलको १५/२० रुपैयाँ पर्छ । मेन्टेनेन्स कस्ट पनि एकदमै कम छ, किनभने इञ्जिन हुँदैन । रनिङ कस्ट नि कम छ, उपभोक्तालाई फाइदा छ । पेट्रोल, डिजेलको गाडीले जुन प्रदुषण आइरहेको छ, काठमाडौं लगायत विभिन्न शहरहरुमा । विद्युतिय सवारी साधन चल्दाखेरी त्यो प्रदुषण पनि हट्छ । वातावरणको हिसावले, स्वास्थ्य सुरक्षाको हिसावले उपयुक्त सवारी साधन भनेको विद्युतिय सवारी साधन नै हो । यसले नेपाललाई क्लिन इनर्जी, कार्बन न्यूट्रलतिर लानलाई ठूलो सहयोग गर्नेछ । आगामी दिनमा सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ ।’

उहाँले नेपालमा बर्खायाममा पर्याप्त विद्युत रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदे याममा पनि विद्युत पुग्ने स्थिति हुने बताउनु भयो ।