२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलमा बोलायो



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ । 

आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूहलाई पार्टीको विवाद समाधानका लागि भन्दै असार २२ गते छलफलमा बोलाएको हो ।

उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । सो दफामा ‘आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिने’ उल्लेख छ ।

यसअघि जसपाको उपेन्द्र यादव नेतृत्वको समूहले आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो ।