२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलमा बोलायो



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ । 

आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूहलाई पार्टीको विवाद समाधानका लागि भन्दै असार २२ गते छलफलमा बोलाएको हो ।

उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । सो दफामा ‘आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिने’ उल्लेख छ ।

यसअघि जसपाको उपेन्द्र यादव नेतृत्वको समूहले आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दर्ता गराएको थियो ।