१२ श्रावण २०८३, मंगलवार
,
Latest
कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै नेपालमा मानव बेचबिखनको बदलिँदो स्वरूप र चुनौतीः भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरुपयोग प्रमुख… हिमालय एअरलाइन्सद्वारा उमेरमैत्री हवाई यात्रासम्बन्धी संवाद प्रस्तावित आयुक्तलाई सांसद विष्टको प्रश्नः निर्वाचन आयोगको भुमिका निष्पक्ष छैन, कसरी सुधार गर्नुहुन्छ ? स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने ऊर्जा मन्त्री श्रेष्ठको सल्लाहकारमा विवेक राज कँडेल नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुछारको साउथह्याम्प्टनसँग युनाइटेडले अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ ।

आइतबार राति सम्पन्न खेलमा युनाइटेडले साउथह्याम्प्टनसँग आफ्नै घरेलु मैदानमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३४ औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटिएको थियो । कासेमिरोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका हुन् । यसै सिजन युनाइटेड आएका उनको यो दोस्रो रेड कार्ड हो । जसअनुसार उनले आगामी चार खेल गुमाउने भएका छन् ।

बराबरीसँगै २६ खेलबाट ५० अंकसहित युनाइटेड तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट २२ अंकसहित साउथह्याम्प्टन तालिकाको पुछारमा रहेको छ ।