२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुछारको साउथह्याम्प्टनसँग युनाइटेडले अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेको छ ।

आइतबार राति सम्पन्न खेलमा युनाइटेडले साउथह्याम्प्टनसँग आफ्नै घरेलु मैदानमा गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको ३४ औं मिनेटमा युनाइटेड १० खेलाडीमा समेटिएको थियो । कासेमिरोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका हुन् । यसै सिजन युनाइटेड आएका उनको यो दोस्रो रेड कार्ड हो । जसअनुसार उनले आगामी चार खेल गुमाउने भएका छन् ।

बराबरीसँगै २६ खेलबाट ५० अंकसहित युनाइटेड तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट २२ अंकसहित साउथह्याम्प्टन तालिकाको पुछारमा रहेको छ ।