२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्षस्थानको आर्सनलको सानदार जित



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले सहज जित निकालेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले फुलहमलाई उसकै मैदानमा ३–० गोलले पराजित गरेको हो ।

आर्सनललाई जित दिलाउन गाब्रियल मेगालहिस, गाब्रियल मार्टिनेली र मार्टिन ओडेगार्डले एक–एक गोल गरे । आर्सनलले सबै गोल पहिलो हाफमा गरेको थियो । यस्तै, लिन्ड्रो ट्रोसार्डले तीनै गोलका लागि असिस्ट प्रदान गरे ।

जितसँगै आर्सनलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँगको अग्रता पुनः ५ अंकले बढाएको छ । २७ खेलबाट आर्सनलको ६६ अंक रहँदा समान खेलबाट सिटीको ६१ अंक छ । यता पराजित फुलहम भने समान खेलबाट ३९ अंकसहित आठौं स्थानमा रहेको छ ।