२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोहित बने ‘प्लेयर अफ द म्याच’



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिजमा यूएईविरुद्धको खेलमा कप्तान रोहित पौडेल ‘प्लेयर अफ द म्याच’ बनेका छन् ।

नेपाललाई १ सय ७७ रनको कीर्तिमानी जित दिलाउन रोहितले ७७ रनको अर्धशतकीय इनिङ खेलेका थिए। २२–३ को खराब अवस्थाबाट टोलीलाई पूनरागमन गराउन रोहितले १ सय १२ बलमा ९ चौकासहित उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको अर्धशतकमा नेपाल ४९।२ ओभरमा २ सय ४८ रन बनाउन सफल रह्यो ।

२४९ रनको विजयी लक्ष्य पछ्याएको यूएईले २२.५ ओभरमै अलआउट हुँदै ७१ रन बनाएको थियो ।

यूएईमाथि १ सय ७७ रनको कीर्तिमानी जित हात पार्दै नेपालले आगामी चार वर्षको लागि ओडीआई मान्यता पक्का गरेको छ । यसैबीच यूएईले भने नेपालसँगको हारसँगै सोझै ओडीआई मान्यता बचाउने अवसर गुमाएको छ । अब नेपालले बाँकी दुवै खेल जितेको खण्डमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ ।