८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई आठौँ सफलता, सन्दीपले लिए चार विकेट



अ+ अ-

काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिज अन्तर्गत पिएनजीब्विरुद्ध नेपाललाई आठौँ सफलता मिलेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सन्दीप लामिछानेले रिले हिकुरेको विकेट लिएसँगै नेपाललाई आठौँ सफलता मिलेको हो । नेपालका लागि लामिछानेले चार , दिपेन्द्र सिंह ऐरी दुई तथा कुशल मल्लले एक विकेट लिएका हुन् ।

२९८ रनको विजयी लक्ष्य पछ्याएको पिएनजीले ४५ ओभरमा ८ विकेटको क्षतिमा २०४ रन बनाएको छ ।