६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

निजी क्षेत्रको प्रतिष्ठा बढाउने गरी काम गर्नेछु, वरिष्ठ उपाध्यक्ष ढकाल

निजी क्षेत्रको प्रतिष्ठा बढाउने गरी काम गर्नेछु, वरिष्ठ उपाध्यक्ष ढकाल
अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई समाज र राज्यले हेर्ने दृष्टिकोणमा व्यापक परिवर्तन गर्न आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको छैठौँ प्रदेश सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भन्नुभयो, “निजी क्षेत्रलाई सम्मानित बनाउने गरी र निजी क्षेत्रको खस्किएको साखलाई पुनस्थापित गर्ने गरी काम गर्नुपर्नेछ । यसकालागि हामीले सकेसम्म जिल्ला नगर, प्रदेश र केन्द्रको नेतृत्व सर्वसम्मतरुपमा चयन गर्न आवश्यक छ । निजी क्षेत्रका मागहरु पुरा गर्नको लागि बलियो र सशक्त निजी क्षेत्र बनाउनुपर्नेछ ।”
उहाँले सस्तो लोकप्रियता र भिडमा तालीका लागि मात्र गैरजिम्मेबार ढंगले विषयवस्तु नउठाउन सबैलाई आग्रह गर्नुभयो ।

“म निजी क्षेत्रका साथीहरुलाई पनि भन्न चाहन्छु । तपाईहरु वास्तविक र व्यवहारिक बन्नुस् । त्यसबाट बाहिर गएर भिडमा लोकप्रिय बन्ने प्रतिस्पर्धा नगरौँ । सस्तो लोकप्रियताका लागि यस्ता गैरजिम्मेबार कुराका पछाडि नलागौ । यसले कुनै दिन हामीले कल्पना नगरेको संकट निम्ताउन सक्छ,” उहाँले भन्नुभयो ।
कोरोनाभाइसरका कारण मुलुकको आर्थिक अवस्था बिग्रिएको बताउदै उहाँले कोरोनाभाइरसका कारण वैदेशिक रोजगारमा जानेक्रम घट्दा, नेपाल फर्किएका कामदारहरु तत्काल विदेश जान नपाउँदा रेमिट्यान्सको आप्रवाहमा कमी आउन गएको बताउनु भयो ।

त्यस्तै, बाह्य पर्यटकको संख्या घट्दा र बैंकमा लगानी योग्य तरलताको अभाव हुँदा धेरै उद्योग व्यवसायहरु खुम्चिन बाध्य भएको उहाँले बताउनुभयो ।
“कोरोनाभाइरसको समयमा ६ महिनाको अवधिमा बैंकहरुबाट साढे ४ खर्ब रुपैयाँ कर्जा गएको छ । त्यसबेला जब बैंकमा तरलता बढ्यो त्यो समयमा बैंकले उद्योगी व्यवसायीहरुलाई कर्जा लिनको लागि प्रोत्साहन गरेका थिए । बैंकहरुले पनि सहजरुपमा कर्जा दिएकै हुन् । उद्योगी व्यवसायीहरुले कर्जा लिएर घर जग्गा किनेको पनि हो,” उहाँले भन्नुभयो ।

“तर कोरोनाभाइरसपछि जब वैदेशिक रोजगारमा जाने क्रममा कमी आयो, गएकाहरु पनि फर्किने क्रम बढ्यो । पर्यटकहरु आउने क्रम रोकियो । तब, बैंकमा रहेको तरलता सकिदै गयो । त्यसपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई तरलता व्यवस्थापन गर्नका लागि मुद्दतीमा ५० प्रतिशत र बचतमा १०० प्रतिशत जस्तो व्याज बढाउने नीति लियो । त्यसको फलस्वरुम करिब ८ प्रतिशत मात्र तरलता बैंकमा आयो । तर, यसले बैंकको लागत बढ्न गयो । बैंकको व्याज बढेपछि तरलता बढ्छ भनेको त्यसो हुन सकेन ।”

उहाँले अर्थतन्त्रका केही कुराहरुमा सुधार आएको बताउँदै अर्थतन्त्र अहिलेको अवस्थाभन्दा नबिग्रने विश्वास व्यक्त गर्नुभयो । “वैदेशिक रोजगारमा जानेको संख्या पनि बढेको छ । विदेशबाट आउने पर्यटकको संख्या पनि बढ्न थालेको छ । रेमिट्यान्सको आप्रवाह पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्थामा पनि सुधार देखिएको छ । र, आउने दिन आउने दिनमा अर्थतन्त्र यो भन्दा धेरै बिग्रिन्छ भन्ने मलाई लाग्दैन । केही न केही सुधार हुने मलाई विश्वास छ,” उहाँले भन्नुभयो ।

हरेक असजिलोमा संघर्ष गरेर सहज परिस्थितिको अपेक्षा गरेर बस्ने निजी क्षेत्र सानातिना असहजताबाट आत्तिन नहुने पनि उहाँले बताउनुभयो ।

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वमा महिलाहरुको प्रतिनिधित्व हुनुप(यो भन्ने मागमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै उहाँले आफ्नो कार्यकालमा महासंघमा महिला प्रतिनिधित्व बढाउन पुरापुर प्रयास गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।

उहाँले महासंघको विधानमा रहेका केही प्रावधानहरु नमिलेको बताउँदै त्यसलाई संशोधन गरेर अगाडि बढ्ने बताउनुभयो ।