• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   कांग्रेसको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै ★   सहकारी ठगी छानबिन : क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको कसरत ★   ट्राफिक प्रहरीको हत्या आरोपमा ६ जना पक्राउ ★   नि:शुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित ★   कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै ★   नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित ★   दोदा बगरमा सागसब्जी : आकर्षक आम्दानी गर्दै पाँच सय किसान ★   अन्तर्राष्ट्रिय ट्राभल फेयर : नेपाल पर्यटन बोर्डलाई ‘मस्ट पपुलर कल्चरल टुरिजम डेस्टिनेसन अवार्ड ★   प्रतिनिधिसभा बैठक आज बस्दै, के छ कार्यसूची ? ★   सहकारी ठगी छानबिन समितिको क्षेत्राधिकारमा सहमति जुटाउन कार्यदलको बैठक बस्दै

होली पर्वले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस्ः सभामुख



फाईल फोटो

काठमाडौँ । सभामुख देवराज घिमिरेले फागु पूर्णिमा (होली पर्व) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

सभामुख घिमिरेले आज जारी गर्नुभएको शुभकामना सन्देशमा होली पर्वले आपसी वैमनस्यता, असमझदारी बिर्सेर सुखी र समृद्ध समाज निर्माणको मार्गमा सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

“होली पर्वले सबै नेपालीलाई प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु”, सन्देशमा भनिएको छ, “यस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता एवं राष्ट्रिय एकता अक्षुण्ण राख्न सघाउने विश्वास लिएको छु ।”

सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो समाजमा होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय हुने सन्देश प्रवाह गरेको र हिमाल, पहाड र तराईमा फरकफरक दिनमा मनाइने यस पर्वले नेपाली समाजलाई अन्तरघुलन गर्नसमेत मद्दत गरेको छ”, सन्देशमा छ । साथै, जुनसुकै क्षेत्रमा बस्ने नेपालीलाई पनि होली पर्वले आपसी सद्भाव र एकता अभिवृद्धि गर्न सहयोग गरेको उल्लेख छ ।

“विविधतायुक्त हाम्रो समाजलाई एकताबद्ध बनाउने दायित्व सबै नागरिकको हो”, सन्देशमा भनिएको छ, “परम्परागत चाडबाडलाई थप समृद्ध बनाउँदै भावी पुस्तासम्म जीवित राख्ने दायित्व पनि हाम्रै हो, तर चाडबाडका नाममा हुने कतिपय गलत प्रवृत्तिहरुलाई भने निरुत्साहित गर्नै पर्दछ ।”

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्वलाई रङ्गहरुको पर्वका रुपमा मनाइने गरिन्छ । फागु पर्व परम्परागतरूपमा विभिन्न रङ्गहरु खेली मनाउने प्राचीन परम्परा छ । यस पर्वले विभिन्न जातजाति, भाषा र क्षेत्रका नेपाली नागरिकलाई एक सूत्रमा बाँध्दै आपसी सदभाव, प्रेम र भाइचारा सम्बन्ध अभिवृद्धि गर्दै आएको छ । रासस