२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टू: पीएनजीद्वारा यूएई ५ विकेटले पराजित



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा पीएनजीले यूएईलाई ५ विकेटले पराजित गरेको छ ।

यूएईले जितको लागि दिएको सामान्य ९८ रनको लक्ष्य पीएनजीले २६ ओभरमा ५ विकेटको क्षतिमा पुरा गर्यो । पीएनजीका टोनि उराले सर्वाधिक ३५ रन बनाउदै अविजित रहे । यस्तै सेसे बाउले १८ र हिरि हिरिले १४ रन बनाए ।

बलिङतर्फ यूएईका रोहन मुस्तफाले २ विकेट लिए भने जुनेड सिद्दीकि, आयन अफजाल खान र जाहुर खानले समान ११ विकेट लिए ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २६ ओभर २ बलमा अलआउट हुँदै ९७ रन मात्र बनाएको थियो ।

यूएईका लागि वृत्य अरबिन्दले सर्वाधिक २६ रन बनाउँदा मुहम्मद वासिमले १९ रन बनाएर आउट भए । आसिफ खानले ११ तथा कप्तान सीपी रिजवानले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

खराब ब्याटिङका कारण यूएईका चार खेलाडी शुन्य रनमा आउट भएका थिए । पीएनजीका लागि राइलि हिरुकेले ५ तथा चाड सोपारले ३ विकेट लिए ।