५ पुष २०८२, शनिबार
,
Latest
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

गभर्नर र निजी क्षेत्रसँग प्रधानमन्त्रीको छलफल



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्नुभएको छ ।

आईतवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर,अर्थसचिव लगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयीक विषयमा छलफल गर्नुभएको हो ।

उहाँले पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्याका बारेमा सरोकारवालाहरुसँग छलफल गर्नुभयो । पछिल्लो समय लघुवित्त,सहकारी र बैंकको ब्याजदरको विषयमा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानको लागि प्रधानमन्त्री दाहालले पहल थाल्नुभएको हो । बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरुले ऋणीहरुलाई मारमा पारको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरुले राख्दै आएका छन् ।

यता बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋण तिर्न सक्दैनौं मिनाहा गर्नुपर्छ भन्ने सडक आन्दोलनमा एउटा समूह रहेको छ । बैंकहरुले ब्याजदर बढी लिएको भन्दै व्यापारीहरु समेत सडक आन्दोलन गरिरहेका छन् । प्रधानमन्त्री दाहालले यी नै विषयमा सरोकारबालाहरुसँग छलफल शुरु गर्नुभएको छ ।

छलफलमा मुख्य सचिव शंकरदास बैरागी,नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,अर्थसचिव तोयम राया,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा,नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल,नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल,नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी,लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लगायतको सहभागिता छ ।