२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग टूः पिएनजीले दियो नेपाललाई १८० रनको विजयी लक्ष्य



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले अहिले पपुवा न्युगिनी (पिएनजी) विरुद्ध खेल्दैछ ।

टस जितेर पहिले ब्याटिङ थालेको पिएनजीले नेपालसामु १८० लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जारी खेलमा पिएनजीले ४९.२ ओभरमा अलआउट हुँदै १७९ रन जोड्यो ।

पिएनजीका लागि टोनी उराले ३९ रन जोडे । ५१ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । यस्तै, किप्लिन डोरिगाले ४३ बलमा २६ रन जोड्दा हिरी हिरीले ६३ बलमा ३१ रन जोडे । यसैगरी गाउडी टोकाले ४३ बलमा १५ रन जोड्दा सेसे बाउ ११ रनमा रनआउट भए । कप्तान अशाद भाला ११ रनमै पेभिलियन फर्किए ।

नेपालका लागि सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले दुई–दुई विकेट लिए भने सन्दीप लामिछाने, कुशल मल्ल र करण केसीको नाममा एक–एक विकेट रह्यो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज समेत रहेको छ ।

नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ भने पिएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।

नोटः यसअघि १७९ रनको लक्ष्य भनिएकामा १८० रनको लक्ष्य बनाई सच्याइएको छ ।