६ श्रावण २०८३, बुधबार
,
Latest
आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–टूः नेपालले पिएनजीसँग खेल्दै



अ+ अ-

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवा न्यु गिनी (पिएनजी)सँग खेल्दै छ ।

नेपाल र पिएनजीबीचको खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान ११ः४५ बजे सुरु हुनेछ ।

यही सिरिजको क्रममा सोमबार भएको खेलमा नेपालले पिएनजीलाई पराजित गरेको थियो । पिएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको हो ।

२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज समेत रहेको छ ।

नेपाल ३० खेलमा १३ मा जित र १५ मा हारसहित छैटौं स्थानमा छ भने पिएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित अंक तालिकाको पुछारमा रहेको छ ।