२० माघ २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमतिको प्रयास जारी, ६ गते एमसीसी टेबल हुन्छ : कानूनमन्त्री बडू (भिडियो)



अ+ अ-

काठमाडौँ । कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री दिलेन्द्रप्रसाद बडूले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसद्मा टेबल गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी टेबल नभएपछि उहाँले एमसीसीको विवादबारे बहस गर्न पनि एमसीसीलाई संसद्मा टेबल गर्नुपर्ने बताउनुभयो । 

संसद् सार्वभौम संस्था भएकाले एमसीसीबारे निर्णय गर्न यसलाई संसद्मै लैजानुपर्ने उहाँको धारणा थियो । उहाँले आज संसद्मा एमसीसी टेबल नभए पनि फागुन ६ गते शुक्रबार टेबल गरिने जानकारी दिनुभयो । यसका लागि सत्ता गठबन्धनमा प्रयास जारी राखिने उहाँको भनाइ थियो ।

एमसीसीबारे सत्ता गठबन्धनमा अधिकतम सहमति गरी संसद्मा टेबल गर्न बिहीबार एक दिनको समय राखिएको उहाँले जानकारी दिनुभयो ।