६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अर्थतन्त्र सुधारोन्मुख छ, धेरै निराश नहुनुस्: वरिष्ठ उपाध्यक्ष ढकाल

अर्थतन्त्र सुधारोन्मुख छ, धेरै निराश नहुनुस्: वरिष्ठ उपाध्यक्ष ढकाल
अ+ अ-

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीहरुलाई धेरै निराश नहुन आग्रह गर्नुभएको छ ।

नेपालगंज । नेपालगंज उद्योग वाणिज्य सङ्घको २१औं वार्षिक साधारण सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले अर्थतन्त्रका धेरै सूचकहरु सुधारोन्मुख रहेको र अहिलेको भन्दा परिस्थिति नबिग्रने बताउँदै व्यवसायीहरुलाई निराश नहुन आग्रह गर्नुभएको छ । ‘अर्थतन्त्रका धेरै सुचकहरु विस्तारै विस्तारै सकारात्मक हुँदै आएका छन् । हामी व्यवसायीहरु जस्तोसुकै असजिलो आउँदा पनि हडबडाउनु हुँदैन । नैराश्यताले हामी आफैलाई हानी गर्छ,’ उहाँले भन्नुभयो ।

छिमेकी राष्ट्र श्रीलंकाको अर्थतन्त्रमा समस्या देखिएको हुनाले नेपालको नियामक निकाय तथा सरकारको तर्फबाट केही कसिलो नीतिहरू अपनाउँदा नेपालको अर्थतन्त्रमा समस्या देखिएको र व्यवसायीहरू मर्कामा परेको बताउँदै त्यो कुरालाई मध्यनजर गर्दै सरकार तथा नियामक निकायले तुरुन्तै कोर्स करेक्सन गरेकोले अर्थतन्त्रमा बिस्तारै सहज स्थिति आउने बताउनुभयो ।

आफू उपस्थित हुने हरेक कार्यक्रममा बैंकको व्याजसम्बन्धि कुराहरु उठ्ने गरेको बताउँदै उहाँले कुनै एक वैंक वा वित्तीय संस्थाको सञ्चालकले मात्र व्याजदर परिवर्तन गर्न असम्भव रहेको बताउनुभयो ।

‘म जुन कार्यक्रमहरुमा सहभागी हुन्छु त्यहाँ बैंकको ब्याजदर सम्बन्धी विषयहरु उठ्ने गरेको छ । धेरै साथीहरुले बैंकको सञ्चालक भएकै कारण मैले चाहेको खण्डमा ब्याजदर घटाउन सक्ने र बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव समाधान हुने खालको अभिव्यक्तिहरु दिने गर्नुभएको छ । म के कुरा स्पष्ट पार्न चाहन्छु भने यो कुनै एउटा बैंकको सञ्चालक वा लगानीकर्ताले निर्धारण गर्ने वा चाहनाले परिवर्तन गर्ने कुरा होइन,’ उहाँले भन्नुभयो।

जिल्ला नगरका साथीहरुले ब्याजदर बारे आन्दोलनका कार्यक्रमहरु गरिरहेको र महासङ्घको केन्द्रीय नेतृत्वले कुनै प्रयास नगरेको भन्ने प्रश्नमा आफ्नो धारणा राख्दै ढकालले महासंघीको नेतृत्वले गरेको निरन्तर पहलकै कारण नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले व्यवसायीहरुका धेरै गुनासाहरु सम्बोधन गरेको स्पष्ट पार्नुभयो ।

‘हामीले हाम्रो तर्फबाट गरेको निरन्तर पैरवी र पहलले नेपाल राष्ट्र बैंक र नेपाल सरकारले केही कुराहरुमा लचिलो नीति अवलम्बन गरेको छ । जसले गर्दा अहिले हामीलाई हाम्रो व्यवसाय गर्न केही सहज भएको छ । हामी केन्द्रीय नेतृत्व निदाएर बसेका छैनौ । तपाई हामी व्यवसायीहरूको समस्या केन्द्रसम्म पुर्याउने काम नै गरेका छौं,’ उहाँले स्पष्ट पार्नुभयो ।

अबको केही समयपछि महासङ्घको नेतृत्व सम्हाल्न गइरहेका ढकालले महासंघले निजी क्षेत्रको शिर उचो बनाउने गरी काम गर्ने बताउनुभयो ।