६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर छौं: अर्थमन्त्री पौडेल

लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर छौं: अर्थमन्त्री पौडेल
file photo
अ+ अ-

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुको समस्या समाधान गर्न गम्भिर भएर लागेको बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभाको बैठक पश्चात संसद भवन बाहिर सञ्चारकर्मीहरुलाई प्रक्रिया दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले सरकारले लघुवित्तमा देखिएका वर्तमान समस्या समाधानको लागि गम्भिर रुपमा सरोकारवालाहरुसँग छलफल भइरहेको बताउनु भयो । उहाँले विभिन्न चरणमा बैठक बसेर केही महत्वपूर्ण निर्णयहरु समेत भइसकेको बताउनु भयो । अर्थमन्त्री पौडेलले लघुवित्तको क्षेत्रमा देखिएका समस्याले लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानको लागि सम्बन्धित निकायहरुले काम थालनी गरेको बताउनु भयो । उहाँले चाँडै लघुवित्तका समस्या समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै हाईन । यो विषयमा गम्भिर भएर सरोकारवालाहरुसहित बैठक बसेका छौं । केही मत्वपूर्ण निर्णयहरु पनि गरेका छौं । लघुवित्तको क्षेत्रमा जुन प्रकारको समस्या छ । लघुवित्तका ऋणीहरु प्रभावित हुने अवस्था आएको छ । त्यसलाई समस्या आउनुको कारणहरु खोजेर त्यसको समाधानको लागि सम्बन्धित निकायहरु लागि सकेका छन् । त्यसका परिणामहरु निरन्तर आउँदैछन् ।’

उहाँले सरकारका नीतिगत प्राथमिकता र न्युनत साझा कार्यक्रम कार्यान्वयनको लागि मन्त्रालयगत आधारमा कार्ययोजनाहरु अगाडि बढाएको बताउनु भयो । उहाँले अर्थतन्त्रमा देखिएका समस्या र चुनौतिको समाधान गर्न सरकार केन्द्रित भइरहेको बताउनु भयो । उहाँले सरकार उत्पादनका सबै क्षेत्र,निजी क्षेत्रका सरोकार र समस्याहरुलाई समाधान गर्ने दिशामा केन्द्रित रहेको बताउनु भयो । अर्थमन्त्री पौडेलले राजश्व परिचालन,अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिरहेको बताउनु भयो ।