९ भाद्र २०८३, मंगलवार
,
Latest
सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुढो हुँदै गरेको मस्तिष्कलाई जवान र चुस्त बनाउन यसो गर्नुस्



अ+ अ-

एजेन्सी । एक नयाँ अध्ययनले शरीरको उमेरसंगै बृद्धहुँदै गएको मस्तिष्कलाई जवान र चुस्त बनाउनु छ भने एलिभेटर र लिफ्ट छाडेर भर्‍याङ सिंडी चढ्ने बानीबसाल्नु पर्ने देखाएको छ ।

क्यानडामा गरिएको सो अध्ययनले बृद्ध मानिसको मस्तिष्क चनाखो, चुस्त र जवान बनाउन नियमित अध्ययन जतिकै शारीरिक व्यायमलाई पनि ध्यानदिनु पर्ने जनाएको हो । कोन्कोर्डिया यूनिभर्सिटी अफमोर्नट्रयलका अनुसन्धान प्रमुख ज्यासोन स्टेफ्नर भन्छन्, ‘मस्तिष्कको स्वास्थ्य र भर्‍याङ वा सिंढी चढ्ने जस्तो सममान्य क्रियाकलापमा यस्तो सम्वन्ध भेटिनु खुसीको कुरा हो ।’

अनुसन्धानकर्ताले १९ देखि ७९ उमेर समूहका ३३१ स्वस्थ मानिसको मस्तिष्कको एम.आर.आई। (स्क्यान) गरेका थिए । सो क्रममा अध्ययन अध्यापनमा समय बिताउने र सिंडी तथा भर्‍याङको प्रयोग गर्ने व्यक्तिहरुको बौद्धिक क्षमता अन्यको भन्दा बढी रहेको अध्ययनले देखियो ।

अध्ययन अध्यापनमा ध्यानदिने व्यक्तिको मस्तिष्कको उमेर अन्यको भन्दा एक वर्ष कम देखियो । त्यसै गरी हरेक दिन कम्तिमा एक पटक सिंडी चढ्ने ब्यक्तिको मस्तिष्कको उमेर लिफ्टरएलिभेटर प्रयोग गर्नेको भन्दा ६ महिना कम रहेको पाईयो । यो अध्ययन न्यूरो बायोलोजि अफ एजुकेसनमा प्रकाशित छ ।