५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भण्डारीद्धारा स्टेट लियाजन अफिसरमा पाण्डेय नियुक्त



अ+ अ-

मेरिल्याण्ड । मेरिल्याण्ड राज्यको विधायकमा दोश्रो कार्यकालको लागि विजय हासिल गर्नु भएका डेलिगेट डा। हयारी भण्डारीले संसदमा नेपाली समुदायको समन्वय गर्नका लागि स्टेट लियाजन अफिसरको रुपमा मेरिल्याण्ड निवासी तीर्थराज पाण्डेयलाई नियुक्त गर्नु भएको छ ।

नेपाली समुदायको सहभागिता अभिवृद्धिको लागि र संसद वैठकको वेला पेश हुने विधयेकमा समेत प्रत्यक्षदर्शी भएर अनुभव लिन चाहनेका लागि समन्वय गर्न पाण्डेयलाई नियुक्त गरिएको हो ।

साथै पाण्डेयले नेपाली संघसंस्थाहरुको समन्वय र सहकार्य गर्दे भण्डारीको कार्यालयसँग सहकार्य गर्ने भूमिका निर्वाह गर्नु हुनेछ ।

भण्डारीले जारी गर्नु भएको सूचनामा जनाइए अनुसार पाण्डेयले नेपाली अमेरिकन तथा एशियन अमेरिकनसँग सरोकार राख्ने पक्ष र संस्थासँग समेत समन्वय गर्नु हुनेछ ।
भण्डारीले यस अगाडि नै सामाजिक अभियन्ता अर्जुन हमाललाई मेरिल्याण्ड राज्यमा सञ्चालित विभिन्न योजनाहरुको वारेमा आवश्यक छलफल, अनुसन्धान तथा वजेट कार्यान्वयनको अवस्थाको वारेमा समन्वय गर्न प्रोजेक्ट कोअर्डिनेटरको रुपमा नियुक्त गरिसक्नु भएको छ ।