• २१ जेष्ठ २०८१, सोमबार
  •      Mon Jun 3 2024
  •   Unicode
Logo
Latest
★   आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा ★   टी–२० विश्वकपः सुपर ओभरमा पुगेको खेलमा नामिबियाले ओमानलाई ११ रनले हरायो ★   ओमान र नामिबियाको खेल सुपर ओभरमा ★   न्यायाधीश नियुक्ति : भागबण्डा मात्र खोज्ने कि विषयविज्ञता पनि हेर्ने ? ★   टी–२० विश्वकपः नामिबियालाई ओमानले दियो ११० रनको लक्ष्य ★   जगदुल्ला जलविद्युत् आयोजना बनाउन ‘ग्लोबल टेण्डर’ आह्वान ★   लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै ★   प्रधानमन्त्रीले आज सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने ★   सबैको प्यारो छुक्छुके रेल अहिले कसरी भयो अपहेलित ? ★   पिएनजीसँग झण्डै हार्यो वेस्ट इन्डिज, २ पटकको च्याम्पियन १९ ओभरमा १३७ रनको लक्ष्य पछ्याउन सफल

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन: न्यायाधीश पौडेल निर्वाचन अधिकृत नियुक्त



काठमाडौँ । आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन गराउने गरी उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको छ ।

निर्वाचन आयोगले सोमबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै न्याय परिषद्को परामर्शमा पौडेललाई निर्वाचन अधिकृत नियुक्त गरिएको जानकारी दिएको छ ।

आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई नै मतदानस्थल तोकी दुई वटा मतदान केन्द्र बनाउने भएको छ । संघीय संसद्का सदस्यले एउटा र प्रदेशसभाका सदस्यले अर्को मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइने छ ।

आयोगका अनुसार राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन, फागुन १३ गते उम्मेदवारी दर्ता, फागुन १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र फागुन २५ गते मतदान हुने कार्यसूची छ ।

त्यस्तै राष्ट्रपति निर्वाचन सकिएपछि फागुन २७ गते उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गरिने र चैत ३ गते मतदान हुने आयोगले जनाएको छ ।