२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने मागसहित सन्दीपको सर्वोच्चमा पुनरावेदन



file
अ+ अ-

काठमाडौं । पूर्वकप्तान सन्दीप लामिछानेले पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् । राष्ट्रिय टीमबाट विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै सन्दीपले उच्च अदालतकोफैसलाविरुद्ध पुनरावेदन गरेका हुन् ।

बलात्कारको अभियोग लागेका सन्दीप गत २९ पुषमा २० लाख धरौटीमा केन्द्रिय कारागारबाट रिहा भएका थिए । जिल्ला अदालतको थुनामै बसेर मुद्दा लड्नुपर्ने आदेश बदर गर्दै उच्च अदालतले उनलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो । तर, उनलार्ई विदेश जान भने रोक लगाएको छ । उच्च अदालतको सोहि फैसलाविरुद्ध सन्दीपले एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेका हुन् ।

सन्दीपले गरेको पुनरावेदनमा फागुन १२ गतेलाई पेसी तोकिएको बताईएको छ ।

नेपाली क्रिकेट टीम आगामी १३ गते यूएई र पपुवान्यूगिनीविरुद्धको म्याच खेल्न दुबई जाँदैछ । अदालतले विदेश जान रोक लगाएकाले सन्दीपलाई टीममा नपर्नसक्छन् । तर, सर्वोच्चको १२ गतेको पेसीले उक्त रोक फुकुवा गरिदियो भने सन्दीप यूएई जान सक्छन् ।

हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा सन्दीपले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।