२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शीर्षस्थानको बार्सिलोना विजयी



अ+ अ-

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले काडिजलाई २–० गोलले पराजित गरेको हो ।

घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनालाई जित दिलाउन खेलको ४३ औं मिनेटमा सर्जियो रोबर्टोले तथा पहिलो हाफको इन्जुरी समयमा रोबर्ट लेवान्डोस्कीले गोल गरे । यसरी दुबै गोल पहिलो हाफमा सम्भव भएको थियो । जितसँगै बार्सिलोना २२ खेलबाट ५९ अंकसहित शीर्षस्थानमा यथावत छ । पराजित काडिज समान खेलबाट २२ अंकसहित १५ औं स्थानमा रहेको छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले एट्लेटिको विल्वाओलाई १–० गोलले पराजित गर्यो । एट्लेटिको मड्रिडलाई जित दिलाउन एकमात्र निर्णायक गोल एन्टोनी ग्रिजमनले गरे । उनले ७३ औं मिनेटमा गोल गरेका हुन् । एट्लेटिको मड्रिड २२ खेलबाट ४१ अंकसहित चौंथो स्थानमा रहँदा एट्लेटिको विल्वाओ ३२ अंकसहित सातौं स्थानमा रहेको छ ।