६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

स्थानीय वस्तुको बजारीकरणलाई प्राथमिकता दिनुपर्छ– सञ्चारमन्त्री शर्मा

स्थानीय वस्तुको बजारीकरणलाई प्राथमिकता दिनुपर्छ– सञ्चारमन्त्री शर्मा
अ+ अ-

देउखुरी । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वदेशी उत्पादन बढ्दै गए पनि यसको पूर्ण बजारीकरण अझै हुन नसकेको बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग महासङ्घ दाङको आयोजनामा बुधबारदेखि दाङको घोराहीमा सुरु भएको लुम्बिनी प्रदेशस्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनीको उद्घाटन गर्दै उहाँले स्थानीय कृषि उत्पादन बढ्दै गए पनि बजारीकरणको व्यवस्थापन हुन नसक्दा साना उद्यमी मारमा पर्ने गरेको बताउनुभयो ।

नेपालको हावापानी, माटो, भूगोल फरक फरक भएको हुँदा स्थानीय परिवेशअनुसारको विशेषतायुक्त वस्तुको उत्पादनलाई अब ब्रान्डिङ गर्ने काममा लाग्नुपर्ने उहाँको भनाइ थियो । “हामीसँग हिमाल छ, पहाड छ, तराई छ, त्यहाँको भूगोलअनुसार हरेक कुराको उत्पादनमा विशेषता छ”, उहाँले भन्नुभयो, “यसको महत्त्वलाई बिक्री गर्ने काममा हामी चुकिरहेका छौँ, यस प्रकारका प्रदर्शनीले स्थानीयस्तरमा उत्पादित वस्तुका लागि अवसरका रूपमा ल्याउन सक्नुपर्छ ।”

घरेलु तथा साना उद्यमीले पछिल्लो समय उद्यमशीलताको विकास गर्दै अनुकरणीय काम गर्दै आएको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो, “यो समृद्धिको आधार हो”, अब यसलाई व्यवस्थितरूपमा अघि बढाउन जरुरी छ । साना उद्यमीलाई प्रोत्साहन गर्ने गरी यस प्रकारका प्रदर्शनी उपयोगी हुनेछ भन्ने विश्वास छ ।”

उहाँले दाङ कृषि क्षेत्रका लागि उर्वरभूमि भए पनि पुराना रैथाने वस्तु र कृषि उत्पादन लोप हुँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । हिजोका दिनमा प्रयोगमा रहेका सामग्री तथा कृषि उत्पादनको साटो आधुनिक कृषि प्रणालीले विस्थापित गर्दै लगेको हुँदा दाङको विशेषता बोकेका कुरालाई प्रदर्शनीले उजागर गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

“दाङ तोरी, तिलकी चामल, अनदी तथा अरु स्थानीय खाद्यान्नका लागि कहलिएको जिल्ला भएको हुँदा पछिल्लो समय यी कुराको उत्पादनमा ह्रास भइरहेको छ”, उहाँले भन्नुभयो, “पहिचान दिने वस्तुको महत्त्व बुझौँ र यस प्रकारका प्रदर्शनीका माध्यमबाट उजागर गर्नेतर्फ ध्यान देऔँ ।”

उहाँले स्वदेशमा उत्पादन बढ्दै गएमा देशको समृद्धि तथा रोजगारी सिर्जना गर्नसमेत सहयोग पुग्ने हुँदा कृषिका लागि धेरै सम्भावना बोकेको यस जिल्लाको सही सदुपयोग गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य राजु खनालले कृषि उत्पादनलाई प्राथमिकता दिएर प्रदर्शनीले बजारीकरणमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । आर्थिक समृद्धिका लागि स्थानीय उत्पादन आवश्यक रहेको हुँदा ती उत्पादनलाई अब बजारसँग जोड्ने अभियानका कार्यक्रमलाई प्रदेश सरकारले महत्त्वका साथ उठाउने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले कृषि प्रदर्शनीले स्थानीय उत्पादनलाई चिनाउने र बजारीकरणमा भूमिका खेल्ने बताउनुभयो । साना तथा घरेलु उत्पादनका साथै कृषि क्षेत्रमा भएका नमूनायोग्य कामलाई चिनाउन प्रदर्शनीले सफलता पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय उपाध्यक्ष नेत्र पाठकले दाङ शाखाले आयोजना गरेको प्रदर्शनीले स्थानीय उत्पादनलाई अरु ठाउँमा पनि परिचित गराउने बताउनुभयो । उहाँले यसका लागि यस क्षेत्रमा रहेका मौलिकता बोकेका वस्तु र उत्पादनलाई प्रदर्शनीमा ल्याउन आग्रह गर्नुभयो ।

उद्घाटन समारोहमा प्रेस काउन्सिल नेपालका सदस्य शरद् अधिकारीले प्रदर्शनीलाई नाममा जस्तै काममा पनि स्थानीयकरण गरेर यसको महत्त्वलाई सबै ठाउँमा पु¥याउनतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ दाङका अध्यक्ष एवं आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँको अध्यक्षतामा भएको प्रदर्शनीमा सय बढी कृषि तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको स्टल रहेका छन् ।

प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लाको लघु तथा घरेलु उद्योगबाट उत्पादित सामग्री, कृषि सामग्री र हस्तकला सामग्रीका लागि निःशुल्करूपमा स्टल उपलब्ध गराइएको आयोजकले जनाएको छ । सम्बन्धित जिल्लाको नेपाल घरेलु तथा साना उद्योग महासङ्घको सिफारिसमा निःशुल्करूपमा स्टल उपलब्ध गराइएको हो ।

यही फागुन १३ गतेसम्म हुने प्रदर्शनीमा स्थानीय एवं राष्ट्रियस्तरमा लघु तथा घरेलु उद्योगले उत्पादन गरेका वस्तुको पहिचान गराई कृषि तथा उद्योगमा प्रयोग हुने आधुनिक प्रविधिको जानकारीसहित आन्तरिक एवं बाह्य प्रवर्द्धनमा टेवा पु¥याउनेलगायत उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको आयोजकले बताएको छ ।