२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मुद्रास्फीति अपेक्षा सर्वेक्षण’ सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/०८० को दोस्रो त्रैमासिक अवधिको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले गत पुस २४ देखि ३० गतेसम्म देशभरका विभिन्न ६० वटा बजार क्षेत्रमा दुई हजार १० जना उत्तरदातासँग गरिएको सर्वेक्षणको नतिजा आज सार्वजनिक गरेको हो ।

मुद्रास्फीति अपेक्षा सर्वेक्षण प्रतिवेदनअनुसार सर्वेक्षणमा सहभागी अधिकांश व्यक्तिले मूल्यवृद्धि अझै बढ्नसक्ने धारणा दिएका छन् । आगामी तीन महिना र एक वर्षभित्रको मूल्यवृद्धि अनुमान गर्न भनिएको प्रश्नावलीमा अधिकांशले मूल्य बढ्ने जवाफ दिएको राष्ट्र बैंकले जनाएको छ । “८६ दशमलव छ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी ९२ दशमलव तीन प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेका छन्”, राष्ट्र बैंकको सर्वेक्षण प्रतिवेदनमा भनिएको छ ।

आगामी दिनहरूमा गैरखाद्य सामग्रीको तुलनामा खाद्य सामग्रीमा उच्च मूल्यवृद्धि हुने अनुमान यो सर्वेक्षणबाट गरिएको छ । “माछा, मासु, दूध, घ्यू तेल र होटल तथा रेस्टुराँबाहेकका सबै खाद्य उपसमूहमा अबको तीन महिनामा मूल्यवृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताको हिस्सा गत असोजको तुलनामा बढेको छ”, सर्वेक्षणमा भनिएको छ । गैरखाद्य वस्तु तथा घरजग्गा क्षेत्रमा भने अबको तीन महिनामा हुने मूल्य वृद्धिको अनुमान गत असोजमा गरिएको सर्वेक्षणको तुलनामा घटेको छ ।

सर्वेक्षणअनुसार आगामी तीन महिना र एक वर्षपछिको मध्यक (मेडियन) अपेक्षित मुद्रास्फीति गत असोजको तुलनामा समान रहेको छ भने तीन महिनापछिको औसत र एक वर्षपछिको औसत अपेक्षित मुद्रास्फीति घटेको छ । “तीन महिना र एक वर्षपछिको मध्यक अपेक्षित मुद्रास्फीति क्रमशः १० प्रतिशत र १२ प्रतिशत रहेको छ”, राष्ट्र बैंकको सर्वेक्षणमा भनिएको छ । रासस