२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोंगबु लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन



अ+ अ-

काठमाडौँ । सोमबार काठमाडौंको गोंगबु क्षेत्रमा प्रदर्शनको क्रममा लोत्से मलमा तोडफोड गरी मोबाइल लगायतका सामग्री लुट्नेहरुलाई पक्राउ गरी कारबाही चलाउन गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको छ ।

मंगलबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दिवेश लोहनीलगायतलाई बोलाएर गृहसचिव बिनोद सिंहले कारबाही गर्ने निर्देशन दिनुभयो ।

ट्राफिक प्रहरीले जरिवाना बढाएपछि यातायात व्यवसायीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि नयाँ बसपार्क, माछापोखरीलगायतका क्षेत्रमा तोडफोड हुनुका साथै आगजनीसमेत भएको थियो ।

साथै प्रदर्शनकारीहरुको भिडले बसपार्कमा रहेको मोबाइल पसलमा छिरेर करोडौँ मूल्य बराबरको मोबाइल लुटपाटसमेत गरेको थियो ।

प्रदर्शनका क्रममा प्रहरीको भ्यान र अन्य भवनहरु समेत तोडफोड भएकाले त्यसमा संलग्नलाई पनि कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।