१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित ग्राहकलाई सुबिसुद्वारा थप ७ दिनको इन्टरनेट सेवा भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा मकवानपुर हुँदै काठमाडौँ जाने सवारीका लागि वैकल्पिक मार्ग उद्धारका नाममा बाढी क्षतिग्रस्त भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी बाढीपीडितलाई कैलाश गाउँपालिकाद्वारा पाँच लाख सहयोग अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना भोटेकोशी बाढी : नाइमाद्वारा ५० लाख सहयोग डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान रसुवा बाढीपछि सम्पर्कविहीनका आफन्तको त्रिवि शिक्षण अस्पतालमा भीड रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाल साहित्य महोत्सव सम्पन्न



अ+ अ-

काठमाडौँ । अक्षरा स्कुलले आयोजना गरेको दोस्रो अक्षरा बाल साहित्य महोत्सव सम्पन्न भएको छ । उपत्यकाभित्रका सरकारी तथा संस्थागत गरी २५ भन्दा बढी विद्यालय र चार हजारभन्दा बढी अभिभावकबीच विभिन्न कार्यक्रम गरी अक्षरा स्कुलले साहित्य महोत्सव गरेको हो ।

महोत्सवमा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले बालबालिकालाई विद्यालय तहदेखि नै साहित्यको ज्ञान दिनु निकै अर्थपूर्ण भएको बताउनुभयो । उहाँले साहित्य विधा आफैँमा महत्त्वपूर्ण भएकाले हरेक व्यक्ति साहित्यकार बन्न सक्ने भन्नुभयो । उहाँले भन्नुभयो, “हरेक मान्छे साहित्यकार बन्न सक्छ, यदि मनमा खेलेका कुरालाई काँटछाँट गरेर प्रस्तुत गर्ने अभ्यास गर्न सकेमा साहित्य जटिल विषय होइन । यसका विभिन्न फरक विधामा अभ्यास हुन जरुरी छ ।”

बालबालिकामा पठन संस्कृतिको विकास र विशेषगरी साहित्यमा ज्ञान अभिवृद्धिका लागि आयोजित महोत्सवमा विद्यार्थी र शिक्षकलाई भाषा शिक्षण, लेखन सीप, रेडियो नाटक, पुस्तकको आवरण चित्र, लेखक अध्ययन, पात्र चित्रणलगायत विभिन्न शीर्षकमा साहित्यसम्बन्धी कार्यशाला गरिएको हो । साथै महोत्सवको बन्दसत्रमा विभिन्न विद्यालयका विद्यार्थीलाई कक्षामा पाठ्यपुस्तकसँगै साहित्यका पुस्तक रमाइलो र अर्थपूर्ण तरिकाले कसरी शिक्षण गर्ने विषयमा अन्तरक्रिया गरिएको हो ।

बालबालिकामा निर्धारित पाठ्युपुस्तक बाहेक पठन संस्कार विकास गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा लेखक नीलम कार्की निहारिका र बुद्धिसागरसँग अन्तरक्रिया कार्यक्रम गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा बल्दै लेखकद्वयले व्यावहारिक ज्ञानका लागि पाठ्यक्रम बाहिरका पुस्तक बढी आवश्यक भएको बताउनुभयो । उहाँहरूले बालबालिकालाई विद्यालयमै विविध विषयमा आधारभूत ज्ञान दिनु आवश्यक भए पनि हालसम्म बाल तथा किशोर साहित्यसम्बन्धी साम्रगी सहज उपलब्ध नहुनु दुःखद् रहेको बताउनुभयो ।

विद्यालयबाटै संस्कारयुक्त शिक्षाको अभ्यास गरिरहेको अक्षरा स्कुलकी प्रिन्सिपल अन्जु भट्टराईले बाल साहित्य महोत्सवको माध्यमबाट बालबालिकामा पठन संस्कृतिको विकास गर्न सकिने बताउनुभयो । रासस