२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फाले फागुन ४ र ५ मा फुटबल एक्स्पो आयोजना गर्ने



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पहिलो पटक फुटबल एक्स्पो आयोजना गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै एन्फाले फुटबल एक्स्पो आयोजना गर्न लागिएको बताएको हो ।

एक्स्पो फागुन ४ र ५ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुनेछ । एक्स्पोमा ‘ए’, ‘बी’ र ‘सी’ डिभिजनका क्लबहरुले स्टल राखेर आफुसँग सम्बन्धित फुटबलका जर्सी वा कुनैपनि बस्तुहरु बिक्री गर्न पाउने छन् । यस्तै, क्लबहरुले आफुले जितेको ट्रफी प्रदर्शनीमा राख्ने, फुटबलका समर्थकहरुसँग प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन् ।

एक्स्पोमा फुटबलसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रमसहित विभिन्न व्यवसायिक घराना, सेलिब्रेटी कलाकारहरुलाई पनि समेट्ने एन्फाले जनाएको छ ।




भर्खरै