६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अर्थतन्त्रको अवस्था आत्तिहाल्नु पर्ने अवस्था छैन: अर्थमन्त्री पौडेल

अर्थतन्त्रको अवस्था आत्तिहाल्नु पर्ने अवस्था छैन: अर्थमन्त्री पौडेल
अ+ अ-

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताउनु भएको छ ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले नीजि क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सवैलाई साथ लिएर अघि बढ्ने बताउनु भयो । अहिले देशको आर्थिक अवस्था त्यति सन्तोषजनक नभएको बताउँदै सरकार, नीजि क्षेत्र र आम नागरिकहरुका बीचको सहकार्यबाटै अहिलेको अवस्थाबाट पार पाउन सकिने पनि उल्लेख गर्नुभयो । तर, अर्थमन्त्रीले यस्तो भन्यो भनेर आत्ति हाल्नु पर्ने अवस्था भने नरहेको बताउनु भयो ।

विगतको अनुभवका आधारहरु र अहिलेको परिस्थीतिबारे सुक्ष्म अध्ययन गरेर त्यसै अनुसारका कामहरुलाई अघि बढाएको पनि अर्थमन्त्री पौडेलको भनाई छ । अहिलेको सरकारको मुख्य उद्येश्यको रुपमा आर्थिक क्षेत्रका समस्या समाधान गर्ने रहेको पनि बताउनु भयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघले पनि साना तथा मझौला उद्योगहरुको रुपमा रहेको मसलन्द उद्योगको विकासका लागि सरकारसँग पहल गर्ने बताउनुभयो । उहाँले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनतर्फ इंगित गर्दै वरिष्ठ उपाध्यक्षका चार जना आंकक्षीलाई मिल्न आग्रह गरे । वरिष्ठ उपाध्यक्ष नै अर्को पटक स्वतः अध्यक्ष रहने विधानमा व्यवस्था भएकाले आफू अध्यक्ष हुँदा विधान संशोधन गरेर सवैलाई मिलाउन पहल हुने बताए ।

उनले भने ‘अहिले चार जनाले वरिष्ठ उपाध्यक्षमा दावी गर्नुभएको छ, म अध्यक्ष भएपछि विधान संशोधन गरेर कार्यकाल २–२ वर्षको बनाउन पहल गर्छु, अहिले मिलेर एक एक जना आउनु भयो भने सवै अध्यक्ष भएर जाने वातावरण बन्छ । अहिले चारै जना चुनाव लड्दा ३ जना रिङ आउट हुने पक्का छ । त्यसैले सवै मिलेर उद्योग वाणिज्य महासंघलाई एकताबद्ध बनाउन पहल गर्नुपर्छ ।’

यसैगरी उद्योग वाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले मसलन्द उद्योग उद्योग वाणिज्य महासंघको महत्वपूर्ण अंग रहेको बताउँदै यसको समस्या समधानका लागि आफू सधैं प्रयास गर्न र उद्योगी व्यवसायीसँग मिलेर अघि बढ्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा मसलन्द उद्योगका अध्यक्ष हरिप्रसाद भण्डारीले अहिले पनि राज्यले कच्चा पदार्थ र तयारी वस्तुको भन्सार दर एउटै कायम गर्दा नेपाली उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न अप्ठेरो परेको बताउनुभयो ।

देशभरका झण्डै ५ सय प्रतिनिधि सहभागी भएको साधरणसभाले नयाँ नेतृत्व चयन गर्ने छ ।