२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्दागोभी खानुका यस्ता छन् आठ फाइदा, जान्नुहोस्



अ+ अ-

काठमाडौं । बन्दागोभीमा प्रशस्त मात्रामा फाइबर, बिटाक्यारोटिन, भिटामिन बी१, बी६, भिटामिन के, ई, मिनरल्स, सल्फरका साथै आइरन पाइन्छ । जुन स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ । यसले शरीरलाई स्वस्थ्य राख्नुका साथै बिभिन्न रोग लाग्नबाट बचाउँछ । त्यसैले बन्दागोभीको नियमित सेवन गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

बन्दागोभीका फाइदाहरु:

१) बन्दागोभीको नियमित सेवन गर्नाले स्तन क्यान्सर, पोस्टेट क्यान्सरका साथै पेटमा अल्सर तथा क्यान्सर हुनबाट बचाउँछ ।

२) यसमा क्लोरिन सल्फर मिनरल्स प्रशस्त मात्रामा हुन्छ जसले पेट सम्बन्धी समस्याहरु (ग्याँस्टिक, कब्जियत तथा अल्सर) बाट छुटकारा पाउन सकिन्छ ।

३) बन्दा गोभीको नियमित सेवन तथा यसको जुस को सेवनले शरीरको तौल कम गर्न मद्दत गर्छ ।

४) बन्दा गोभीमा फ्लोरिक एसिड हुन्छ यसले रगतको सेल्सको निर्माण गर्छ जसले एनिमिया तथा शरीरमा रगतको कमी हुन दिदैन ।

५) यसको नियमित सेवनले त्वचालाई प्राकृतिक रुपमा चमक पैदा गर्छ र त्वचा सम्बन्धी बिभिन्न समस्याबाट छुटकारा मिल्छ ।

६) बन्दा गोभीको नियमित सेवनले त्वचा गोरो बनाउनुका साथै नरम र आकर्षक बनाउन मद्दत गर्छ ।

७) बन्दा गोभीमा प्रशस्त मात्रामा भिटामिन ए हुन्छ जसले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी बिभिन्न समस्याहरुबाट छुटकारा पाउन सकिन्छ ।

८) यसको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमतामा बृद्धि ल्याउँछ । (एजेन्सीको सहयोगमा)