२१ मंसिर २०८२, आईतवार
,
Latest
बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक आयोगहरूलाई बेग्लै कर्मचारी सेवा समूह आवश्यक: प्रमुख आयुक्त



file
अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आयोगको सचिवालयमा रही कार्य गर्ने कर्मचारीहरूलाई धन्यवादसहित कदरपत्र वितरण गर्न आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन सकिएपछि आयोगका कर्मचारीमा विचलन आउने र सरुवा खोज्ने प्रवृत्ति अन्त्य गर्न बेग्लै सेवा समूहको आवश्यकतामा जोड दिनुभयो । उहाँले निर्वाचनपछि नीतिगत र कानुनी सुधारका लागि आयोगले काम गरिरहेको बताउँदै उहाँले सचिवालय र काजमा रहेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद व्यक्त गर्नुुभयो ।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडीसहित कर्मचारी, संयुक्त निर्वाचन सञ्चालन केन्द्रका पदाधिकारी, विज्ञलगायतलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन महत्वपूर्ण निर्वाह गरेकामा कदरपत्र प्रदान गरिएको थियो । रासस