२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाल ओलीलाई भेट्न बुधबार बिहानै उहाँको निवास बालकोट पुग्नुभएको हो । आगामी २५ फागुनमा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लिएर राजनीतिक माहोल तातेको छ ।

संसद्को ठूलो दल कांग्रेसले समेत राष्ट्रपतिमा आकांक्षा राखेपछि माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डलाई प्रधानमन्त्रीमा सघाएको एमालेले राष्ट्रपति आफ्नो भागवण्डामा परेको सहमति भएको एमाले नेताहरू बताउँदै आएका छन् ।

यता, राष्ट्रपतिमा कांग्रेसले पनि दाबी राख्दै आएपछि प्रधानमन्त्री प्रचण्ड त्यसमा सहमत भएको हो कि भन्ने आशंका एमालेमा पैदा भएको छ । तसर्थ दुई शीर्ष नेताबीच भेटघाट बाक्लिँदो छ । यसअघि हिजो मंगलबार पनि बालुवाटारमा राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री दाहाल र ओलीबीच छलफल भएको थियो ।