२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूकम्प प्रभावित प्रान्तहरूमा टर्कीमा आपतकाल घोषणा



अ+ अ-

एजेन्सी । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मङ्गलबार शक्तिशाली भूकम्पबाट प्रभावित टर्कीका विभिन्न १० प्रान्तमा तीन महिनाका लागि आपतकाल घोषणा गर्नुभएको छ ।

खोज तथा उद्धारका गतिविधि र त्यसपछिको अध्ययनलाई छिट्टै अगाडि बढाउन यो निर्णय गरिएको उहाँले पत्रकार सम्मेलनमा बताउँनुभयो ।

एर्दोगानले दक्षिणी टर्किएमा सोमबारको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार ५४९ पुगेको बताउँनु भएको छ । हाल भूकम्प प्रभावित क्षेत्रमा जम्मा ५३ हजार ३१७ खोज तथा उद्धार कर्मचारी र सहयोगी खटिएको राष्ट्रपतिले उल्लेख गर्नु भएको छ ।

विपद् तथा आपतकालीन व्यवस्थापन प्राधिकरणका अनुसार दक्षिणी कहरामनमारस, अडाना, अदियामान, ओस्मानी, हाते, किलिस र मालत्या र दक्षिणपूर्वी सानलिउर्फा, दियारबाकिर र गाजियन्टेपका प्रान्तहरूमा भुकम्पबाट थुप्रैको मृत्यु भएको हो।
स्थानीय समय अनुसार सोमबार बिहान ४स्१७ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियनटेपमा ६.४ म्याग्निच्युडको भूकम्प र ६.२ रेक्टर स्केलको भूकम्पः बेलुका कहरामनमारस प्रान्तमा पनि शक्तिशाली भूकम्प गएको थियो ।

एर्दोगानले सोमबार सात दिने राष्ट्रिय शोकको घोषणा गर्नु भएको छ ।