२ पुष २०८२, बुधबार
,
Latest
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन माछा मार्न गएका एक पुरुष मृत फेला सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतलाई हराउँदै नेपाल फाइनलमा



अ+ अ-

काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनशिप फुटबल अन्तर्गत नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपालले राउण्ड रोबिन लिगको आफ्नो अन्तिम खेलमा भारतलाई ३–१ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको खेलमा नेपाललाई जित दिलाउन अन्जली चन्द, प्रिती राई र अमिशा कार्कीले एक–एक गोल गरे ।

खेलको ४८ औँ मिनेटमा अन्जलीले गोल गर्दै नेपाललाई बराबरी गरिन् । खेलको ६७ औं मिनेटमा प्रितीले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ को अग्रता बनाइन् ।

यस्तै, ८८ औं मिनेटमा अमिशाले गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् । भारतकी अपूर्ण नार्जारीले एक गोल फर्काइन् । पहिलो हाफमा एक गोलले पछि परेको नेपाल अग्रता उल्ट्याएर विजयी बनेको हो । जितसँगै नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।