२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध नेपाललाई २–१ को अग्रता



अ+ अ-

काठमाडौँ । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनशिप फुटबल अन्तर्गत नेपाल र भारतबीचको खेलमा नेपालले अग्रता बनाएको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा जारी खेलमा नेपालले भारतविरुद्ध २–१ गोलको अग्रता बनाएको हो ।

नेपालका लागि यस खेल महत्वपूर्ण रहेको छ । नेपाललाई फाइनल पुग्नका लागि भारतविरुद्धको खेल जित्नैपर्ने दबाब रहेको छ। नेपाल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । दोस्रो खेलमा नेपालले भुटानलाई हराएको थियो ।

उता, ४ अंक जोडेर शीर्ष स्थानमा रहेको भारत बराबरीको नतिजाले पनि फाइनल पुग्नेछ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।