२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटीमाथि आर्थिक नियम उल्लंघनको आरोप



अ+ अ-

एजेन्सी । इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीमाथि प्रिमियर लिगको आर्थिक नियम उल्लंघन गरेको आरोप लागेको छ ।

प्रिमियर लिगले चार वर्षको अनुसन्धानपछि म्यानचेस्टर सिटीमाथि १०० भन्दा बढी आर्थिक नियम उल्लंघन गरेको आरोप लगाएको हो ।

प्रिमियर लिगले सिटीलाई सन् २००९ देखि २०१८ को बीचमा कथित नियम उल्लंङघनको अनुसन्धानका लागि एक स्वतन्त्र आयोगलाई पठाएको छ ।

यता, सिटीले आरोप आश्चर्यजनक रहेको र यो आरोप अकाट्य प्रमाणको निकायद्वारा समर्थित रहेको बताएको छ । अब आयोगले जरिवाना र अंक कटौतीदेखि प्रिमियर लिगबाट निष्कासनसम्मको सजाय तोक्न सक्छ ।

सन् २००८ मा अबु धाबी युनाइटेड समूहले सिटीको स्वामित्व ग्रहण गरेपछि सिटीले ६ प्रिमियर लिगको उपाधि जितिसकेको छ ।